सोमबार, पौष २० २०७७
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद सम्वन्धी अध्यादेशप्रति कानुन व्यवसायीहरुले पनि कडा आपत्ति जनाएका छन् ।
अध्यादेश विधिको शासन, शक्ति पृथकिकरणको सिद्धान्त र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचलन विपरित रहेको कानुन व्यवसायीहरुको ठहर छ । लोकतन्त्रवादी कानुन व्यवासयीहरुको संगठन डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएलए) नेपालले यस अध्यादेशमा लोकतान्त्रिक प्रणालीलाई ध्वस्त बनाउने अभिष्ट लुकेको दावी गरेको छ ।
डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलद्धारा जारी वक्तव्यमा प्रतिपक्षी, नागरिक समाज र आफ्नै पार्टीको तीब्र विरोधका कारण एक पटक लज्जास्पद ढङ्गले चारै दिनमा फिर्ता लिनु परेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गरेर वर्तमान ओली सरकारले आफ्नो अधिनायकवादी र लोकतन्त्रविरोधी सर्वसत्तावादी चरित्र उदाङ्ग पारेको उल्लेख गरिएको छ ।
संविधानको सारवस्तु लोकतान्त्रिक गणतन्त्र र संसदीय शासन प्रणालीलाई क्षतविक्षत बनाएर मुलुकलाई पुनः प्रतिगामी दुश्चक्रमा फसाउने षड्यन्त्रको परिणामस्वरूप अध्यादेश आएको डिएलएको निश्कर्ष छ ।
संविधान विरोधी अध्यादेश तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गर्दै फिर्ता नभएमा आन्दोलनमा उत्रने चेतावनी पनि महासचिव रावलले दिनुभएको छ । उहाँले अध्यादेश फिर्ताका लागि सर्वत्र दवाव दिन पनि सवैलाई आह्वान गर्नुभएको छ ।
Senior Advocate KC elected President of DLA Nepal
आइतबार, आश्वीन ७ २०८०
डिएलए नेपालको अध्यक्षमा वरिष्ठ अधिवक्ता केसी निर्वाचित
मङ्गलबार, श्रावण २३ २०८०
संवैधानिक परिषद सम्वन्धी अध्यादेशप्रति कानुन व्यवसायीहरुको पनि कडा आपत्ति
सोमबार, पौष २० २०७७
बुधबार, भाद्र ३ २०८३
शुक्रबार, भाद्र २९ २०८०
लेभी शुल्क दाखेला गर्ने सम्बन्धमा प्रकाशन गरिएको दोस्रो सूचना...
सोमबार, जेष्ठ २२ २०८०
मतदाताकाे प्रथम नामावली प्रकाशित गरिएकाे सूचना !!!
शुक्रबार, जेष्ठ १९ २०८०
निर्वाचन कार्यक्रम प्रकाशित गरिएकाे सूचना !!!
शुक्रबार, जेष्ठ १९ २०८०
बिहीबार, भाद्र ११ २०८३
शनिबार, जेष्ठ ८ २०७८
शनिबार, जेष्ठ ८ २०७८
शुक्रबार, जेष्ठ ७ २०७८
शुक्रबार, जेष्ठ ७ २०७८